एजेन्सी गत वर्ष पहिलो एकीकृत नमुना बस्ती सकेपछिको कुरा हो, सरसफाइ सद्भावना दुत तोकिएका धुर्मुस–सुन्तली देश बढार्ने अभियानमा थिए। यसरी उ...
शब्दपाटी
निःशब्दता भित्रको शब्द,अध्ययन, लेखन र पठनको त्रिवेणी, अनुसन्धान, आविष्कार र यथार्थको अनुभूति चलायमान विश्वको सारथी,शब्दमय जीवनको साझा चौतारी शब्दपाटी
शब्द
"शब्द" आफैँमा एक सुन्दर शब्द हो । ३६ अक्षर र १२ वर्णमाला मिलेर बनेका शब्दहरू केवल शब्द नभई वैचारिक तरङ्गका मूर्त रूप हुन् , कल्पनाको संसारलाई यथार्थको संसारसँग जोड्ने माध्यम हुन्, मनका भावनालाई जीवन्त बनाइएका सुन्दर चित्र हुन् । जब मनमा सलल बगिरहेको भावनालाई हामीले कलमरूपी ब्रुशले पानाको क्यान्भासमा कोर्याै भने जुन सुन्दर आकृति बन्छ, त्यो सुन्दर आकृतिलाई शब्द भनिन्छ । हरेक शब्दको आकृति फरक र अर्थ पनि फरक, सबैको सोचाइको रंग बेग्लै, सबैको भावनाको आकृति फरक ......आउनुहोस् आफ्नो भावनाको रंग पोख्नुहोस्, कसैको रातो मायाको रंग त कसैको पहेलो खुसीको रंग अनि कसैको सेतो स्वच्छन्दताको रंग र कसैको नीलो स्वतन्त्रताको रंग ...........पोख्नुहोस् आफ्नो रंग यस शब्दपाटीमा र बनाइदिनुहोस् यस शब्दपाटीलार्इ रंगीन, युगीन र सुन्दर .......यहाँलाई शब्दपाटीमा स्वागत छ ।।।