Unknown

अलविदा CNS & MSK : एक प्रेम कविता

(म बिगत ६ महिना देखि CNS & MSK सङ्ग प्रेम सम्बन्धमा थिएँ । केहि दिनदेखि उनी मेरो जिन्दगीदेखि टाढा भएको  बियोगमा मैले यस प्रेम पत्र लेखेको हुँ ।)
तिमीलाई याद छ प्रिय ,
सुरुवाती दिनहरुमा
तिम्रो सर्लक्क परेको ”Spinal Cord”
देखेरै त हो म फिदा भा’को
आहा……..
त्यसबाट निस्केका नशाले
मलाई टुच्च टुच्च Reflex  झड्का दिदा
म मुर्ख चहिँ भने
“मायाको झड्का” भन्दै मख्ख परिरहेँ ।
तर मलाई के थाहा !
मैले यहाँ मायाको जाल बुन्दै गर्दा
तिमिले भने , निर्मोहि
Ascending र Descending Tract को जालो तुन्दै रहिछौ
त्यहि Tract को जालोमा जेलिएर होला
Result मा पनि कालो कालो आको मात्तै सपना देख्छु
अचेल प्रिय ।
तिम्रो “Tract” को Engineer  त
लास्टै झुर रैच नी मोरी ,
छालाको खबर गिदिसम्म पुग्ने
बेग्लै बाटो
गिदिको हुलाक छालासम्म आउने
फेरी बेग्लै बाटो
हैन…….Engineer कस्तो लाटो
सुरुमै २ लेनको एउटै बाटो
बनाएको भए यसको साटो
यत्रो बिघ्न तनाव त हुने थिएन नि यार ।
बाटो पनि कहाँ सिधा छ र मोरी
गाँठिस बाउको अल्लारे छोराले
हाँकेको पल्सर , कहिले दायाँ कहिले बायाँ
जस्तै यो बाटो
कहिले दायाँ त कहिले बायाँ
दायाँ बायाँ गर्दै पुग्छ गिदीमा
र दायाँ र बायाँ गर्दै झर्छ
गिदिबाट तिम्रै Spinal Cord मा
अनि म बिचरा कहिले दायाँ त कहिले बायाँ हातले
टाउको कन्याउँछु नबुझेर
होस्टेल नै थर्काउँछु र
तनाव खन्याउँछु , नबुझेर
अनि तिम्रो मायाको दवाईको
साहारा लिन्छु , नबुझेर ।


तिम्रो गिदिले त
मेरै गिदी खाईसक्यो मोरी
सुनेको थिए ,
प्रेमको बाटो सजिलो त छैन
कहिले उतार त कहिले चढाव
कहिले डाडा त कहिले खाल्डो
तर प्रिय
तिम्रो गिदिमा कति धेरै हो
डाँडा (gyrus) र खाल्डो (sulcus)
डाँडै डाडा , खाल्डै खाल्डो उफ्….
र त  म २ महिना त
त्यहि खाल्डोमा हराएछु ।


दवाई त कति खाईयो खाईयो
निद्रा लाग्ने पनि खाईयो
निद्रा भाग्ने पनि खाईयो
मासु तन्काउने पनि खाईयो
मासु खुम्चाउने पनि खाईयो
डिप्रेसन देखि लिएर
अप्रेसन सम्म
छारेरोग देखि लिएर
झारे रोग सम्म
आमामा….. गाठेँ
दबाई त कति खाईयो खाईयो
तर धन्य,
धन्य रैछौ तिमी Na+ channel
र त सँधै तिमीलाई शहिद
बनाएर आउँछु , प्रत्येक दवाईको MOA मा
“blocks Na+ channel “लेखेर
तर प्रिय सिटामोल
तिमीले त खत्तम नै पार्यौ नि निष्ठुरी
पहिले पहिले उबेला ….मा
टाउको साह्रो भएदेखि ,
पेट गिलो भएसम्म
ज्वरो आएदेखि पिलो आएसम्म,
निर्धक्क भएर सिटामोल खाने मै हुँ
तर निष्ठुरी , यसैपाली परिक्षामा
“Acute paracetamol poisoning” को प्रश्नमा
१ पाना उत्तर लेखेर आएदेखि
तिमीलाई छुन पनि डर लाग्छ पियारी ।

( सङ्गैका यात्राको समय सानै भए पनि तिम्रो सम्झनाले मेरो Hippocampus को ठुलो क्षेत्रफलमा विस्तार भएको छ । फाइनल परिक्षामा भेट्ने बाचा सहित अलविदा CNS & MSK)

Subscribe to this Blog via Email :